ad ad

अटो


एमएडब्लू वृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारी सेग्मेन्टमा प्रवेश गर्दै

एमएडब्लू वृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारी सेग्मेन्टमा प्रवेश गर्दै

नेपालखबर
फागुन २९, २०७८ आइतबार १३:३०, काठमाडौँ

नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू वृद्धिले ओमेगा सिक्की मोबिलिटी (ओएसएम)का विद्युतीय सवारी नेपाली बजारमा ल्याउने भएको छ। 

त्यसका लागि ओएसएम र एमएडब्लू वृद्धि कमर्सियल भेहिकलबीच आधिकारिक बिक्रेताको सम्झौता भएको हो। 

दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारीको सम्झौता भएको थियो। एमएडब्लू वृद्धिले अबको केही समयभित्रै ओएसएमका तीन पांग्रे विद्युतीय सवारी ल्याउनेछ।

वातावरण सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको र वातावरण र नेपाललाइ सुहाउँदो सवारी भित्र्याउनलागेको कम्पनीले जानकारी दिएको छ। 

पहिलो चरणमा एमएडब्लू वृद्धिले थ्री ह्विलर सवारी भित्र्याउने योजना बनाएको छ। ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने बताए। 

कम्पनीले कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि निरन्तर काम गर्दै जाने कम्पनीले विज्ञप्तिमा जनाएको छ।

ओमेगा सिक्की कस्तो कम्पनी हो? 
ओमेगा सिक्की मोबिलिटी (ओएसएम) एंग्लियन ओमेगा ग्रुप अफ बिजनेसको सदस्य हो, जसले भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पार्ट्स निर्माणमा केन्द्रित छ। 

समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको छ। 

विद्युतीय सवारीसाधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकी प्रालि कम्पनीले आफ्नो इनहाउस आर एन्ड डी सुविधामा थ्री व्हिलर सवारीसाधनहरू आकर्षक डिजाइनमा विकास गरेको छ। 

रेजप्लस ब्रान्ड अन्तर्गतका गाडीहरू भारतका धेरै प्रमुख ईकमर्स र रसद कम्पनीहरूले प्रयोग गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .