जगदम्बा मोटर्सले मेकानिक्स बादशाह प्रतियोगिताको लागि उत्कृष्ट ३ जना छानेको छ।
नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालभरका सर्भिस सेन्टरबाट छानिएका १३ जनाबाट उत्कृष्ट ३ जना छानेको हो।
प्रथम भएका पोखराका पोष्ट राज तिमिलसिनाले २५ हजार पाउने भएका छन्। दोस्रो भएका बुटवलका राजेश पन्थीले १५ हजार भने तेस्रो हुने दाङका मोहमद उसमानले १० हजार पाउने भएका छन्।
तीन जना मेकानिक्सहरु भारतमा हुने ग्लोबल प्रतिस्पर्धामा सहभागी हुने जगदम्बा मोटर्सले जनाएको छ। ग्लोबल प्रतिस्पर्धामा उत्कृष्ट हुने मेकानिकको बादशाह बन्ने छ।
3
Shares
प्रतिक्रिया