ad ad

अटो


सिप्रदी ट्रेडिङले निःशुल्क ६ महिने अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्ने

सिप्रदी ट्रेडिङले निःशुल्क ६ महिने अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्ने

नेपालखबर
पुस २०, २०७६ आइतबार ७:११,

सिप्रदी ट्रेडिङले निःशुल्क ६ महिने अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्ने भएको छ। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका योग्यता पुगेका नेपाली नागरिकहरुले यो तालिममा समावेस हुन पाउने कम्पनीले बताएकाे छ ।

अटोमोबाइल विषयमा १० कक्षा उत्तीर्ण गरेको र राष्ट्रिय सीप परीक्षण समितिबाट अटोमोवाइलविषयमा लेबल १/लेबल २ उत्तीर्ण गरेकाले तालिममा सहभागी हुन पाउनेछन्।

तालिमको लागि पुस २९ गतेसम्म सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमा दरखास्त बुझाउनुपर्ने जनाएकाे छ ।

तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरहरुमा प्राथमिकता दिइने सिप्रदीले जनाएको छ। ६ महिने तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रागिरि काठमाडौँमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .