नेपाल ल्युब आयल लिमिटेडको आयोजनामा गल्फ आयलको फ्याक्ट्री भिजिट सम्पन्न भएको छ। कम्पनीको आयोजनामा यही जनवरीमा दुवईस्थित गल्फ आयल मिडल इस्ट लिमिटेड जेबेल अलीको भ्रमण कार्यक्रम सम्पन्न भएको ब्रान्ड तथा मार्केटिङ मेनेजर रुपेश वाग्लेले जानकारी दिए।
यस्तो भ्रमणले कम्पनीसँगको डिलरहरुको सम्बन्ध प्रगाढ हुने वाग्लेले बताए। उनका अनुसार भ्रमणको मुख्य उद्देश्य फ्याक्ट्री अवलोकन गर्नु, उत्पादनसम्बन्धी सचेतना बढाउनु, औद्योगिक उपकरणको वृद्धि भएको प्राविधिक क्षमताको ज्ञान लिनुलगायतका रहेका छन्।
नेपाल ल्युब आयल गल्फ आयल इन्टरनेशनलको अनुमतिप्राप्त कम्पनी हो। यसले गल्फ ल्युब्रिकेन्ट नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ। गल्फ आयल कर्पोरेसनसँग ल्युब प्लान्ट र ट्रेडमार्क सम्झौता समेत नेपाल ल्युबले गरेको छ।
प्रतिक्रिया