ad ad

अटो


हुन्डाईको दशैँ तिहार योजना : औरा र ग्रान्ड आई१० जित्नसक्ने अफर, १ वर्ष निःशुल्क बीमा

हुन्डाईको दशैँ तिहार योजना : औरा र ग्रान्ड आई१० जित्नसक्ने अफर, १ वर्ष निःशुल्क बीमा

नेपालखबर
असोज ५, २०७७ सोमबार ६:४०,

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारिक बिक्रेताले ग्राहकहरुमाझ यसपालिको दशैँतिहार वेलकम टु हुन्डाई परिवार नामक योजना ल्याएको छ।

यो योजनाको अवधि यही असोज ५ देखि मंसिर ५ सम्म लागू हुने कम्पनीले जनाएको छ। यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको हो।

योजनाअन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन्।

त्यसैगरी बम्पर उपहारअन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई औरा एउटा र हुन्डाई ग्रान्ड आई१० नियोस एउटा जित्न सक्नेछन्।

त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बीमा पनि पाउनेछन्।

लक्ष्मी इन्टरकन्टिनेन्टलले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उनीहरुलाई सम्मानस्वरुप विशेष प्याकेज दिने निर्णय पनि गरेको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुण्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ।

कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथाविश्वास जित्न सफलभएको छ।
सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ बर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथउपलब्ध हुन्छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .