ad ad

अटो


यामाहाको स्कुटर रे-जेडआर सार्वजनिक, यस्ता छन् विशेषता

यामाहाको स्कुटर रे-जेडआर सार्वजनिक, यस्ता छन् विशेषता

नेपालखबर
असोज ७, २०७७ बुधबार १४:३०,

यामाहाको बहु प्रतिक्षित स्कुटर रे जेडआर सार्वजनिक भएको छ। यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले भर्चुअल माध्यमबाटै स्कुटर सार्वजनिक गरेको हो।

अल न्यू यामाहा रे जेडआर १२५ एफआइ इन्जिनसहितको नयाँ रे जेडआर स्ट्रिट र्‍याली स्कुटर हो। स्कुटर १२५ सीसीको रे जेडआरको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ।

उक्त स्कुटरमा ३० प्रतिशत धेरै पावर, १६ प्रतिशत सुधारिएको माइलेज, इन–बिल्ट साइड स्ट्यान्ड इन्जिन कटअफ स्विचजस्ता विशेषता रहेको जनाएको छ।

२०२० यामाहा रेजेड आर १२५ एफआई बीएस ६ मा कम्पनीले तुलनामा कस्मेटिक चेन्ज गरेको छ। यस्तै यसमा वाई सेपको लेड पोजिस्निगं लाईट, नयाँ डिजिटल इन्स्टुमेन्ट क्लस्टर, स्टप र स्टर्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर आवाजरहीत सुरुवातको लागि, साईड स्टान्ड कटअफ स्विच र युनिफाइड ब्रेकिङ्ग फिचर उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

त्यसैगरी फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी पोजिसन लाइट, टफ लुकिङ हेडलाइट, स्टप एन्ड स्टार्ट सिष्टम, ब्रुस गार्ड र स्मार्ट मोटर जेनेरेटर जस्ता विशेषता समेत उपलब्ध छन्।

re-zr_1.png

यसबाट पहिलेको ११३ सीसीको स्कुटर भन्दा पावर आउटपुटमा ३० प्रतिशत र फ्युल इकोनोमीमा १६ प्रतिशतले वृद्धि भएको कम्पनीको दाबी छ। स्कुटरमा ५.२ लिटरको इन्धन ट्यांकी छ। दुईवटा रंगमा उक्त स्कुटर उपलब्ध हुनेछ।

स्कुटरमा भएको बीएस–६ मापदण्ड सहित फ्युल इन्जेक्टेड, ब्लुकोर इन्जिन छ, जसले ६५०० आरपीएममा ८.२ पीएस पावर र ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ।

स्कुटर ९९ केजीकाे हलुका रहेकाे छ भने बुट स्पेस २१ लिटरकाे रहेकाे छ। जसले स्कुटरमा धेरै सामान राख्न मिल्छ। एफआई प्रविधिको स्कुटरमा साइड स्टयान्ड लगाएकाे बेला स्कुटर स्ट्राट नै हुँदैन। यसले दुर्घटना हुनबाट जाेगाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .