ad ad

अटो


अशोक लेलैण्ड र सनराइज बैंकबीच सवारीसाधन कर्जा सम्झौता

अशोक लेलैण्ड र सनराइज बैंकबीच सवारीसाधन कर्जा सम्झौता

नेपालखबर
असोज २१, २०७७ बुधबार ६:२,

आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सनराइज बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र आईएमई मोटर्सको तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सनराइज बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ।

बैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका डोस्ट मोडलका सम्पूर्ण सवारीसाधन खरिद गर्नका लागि विना धितो कम्तीमा खरिद मूल्यको ६० (साठी) प्रतिशतसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ।

यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्षसम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ। यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका अन्य सवारीसाधनमा पनि बैंकको नीतिनियमभित्र रही बैंकले कर्जा प्रवाह गर्नेछ।

अब आईएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सनराइज बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुवै कम्पनीका प्रमुखहरुले बताएका छन्। कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुपमा ब्रान्ड अवेरनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागी भई अघि बढ्ने कुरामा पनि सम्झौतापत्रमा हस्ताक्षर भएको उल्लेख गरिएको छ।

एलसीभीअन्तर्गत डोस्ट मोडल (पिकअप, कन्टेनर, रेफ्रिजेरेसन भ्यान)का सवारीसाधनहरू विभिन्न एप्लिकेसनजस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहोर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ।

रेमिट्यान्स व्यवसायबाट उदाएको आईएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। रेमिट्यान्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, ऊर्जालगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आईएमई ग्रुप निरन्तर लाग्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .