नेपाल अटो मेकनिक्स व्यवसायी संघ र नेपाल ल्युब आयल लि. (गल्फ ल्युब्रिकेन्ट) को सहकार्यमा वर्कशपहरुलाई सरसफाइ सामग्री सहयोग गरिएको छ।
कोभिड १९ को प्रतिकूल समयमा केही हदसम्म भए पनि अटो वर्कशपहरु सुरक्षित बनाई कार्य सञ्चालनमा सहजता होस् भनेर गल्फ ल्युब्रिकेन्टले सहयोग गरेको हो।
नेपाल ल्युब आयल लिका डीजीएम दिवाकर मिश्रा एवं मार्केटिङ एण्ड ब्राण्ड हेड रुपेश वाग्लेले नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई २०० प्रति पाँच लिटरको सोडिएम हाइड्रोक्लोराइड र २ लिटरको स्प्रे पम्प संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेलाई हस्तान्तरण गरेका थिए।
प्रतिक्रिया