काभ्रेको धुलिखेल अस्तालले दुर्गम क्षेत्रका बिरामीलाई लक्ष्य गरी टेलिमेडिसिन प्रविधिबाट सेवा सुरु गरेको छ।
अस्पतालले युरोपियन प्रविधियुक्त टेलिमेडिसेन सेवा मंगलबार काभ्रेको तेमाल गाउँपालिका–४, बोल्दे फेदिचे स्वास्थ्य केन्द्रबाट सुरु गरेको हो।
धुलिखेल अस्पतालका छाला र आँखा रोग विभागका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिनमार्फत बिरामीहरुको स्वास्थ्य परीक्षण, परामर्शलगायतका सेवा दिएका थिए। डाक्टरहरू अंगिरा कर्माचार्य, मनीषा सिंह वशुकला, अतिथि मिश्र, पूजा श्रेष्ठ, टिना श्रेष्ठ र स्वास्थ्य सहायक पुरन राउतलगायतले बिरामीलाई सेवा दिएका हुन्।
यसबाट करिब ४० जना बिरामीले लाभ लिएका थिए। दुर्गम भेगका नागरिकले अत्याधुनिक प्रविधिमार्फत न्यून शुल्कमा स्वास्थ्य सेवा पाउनु ज्यादै खुसीको विषय भएको स्थानीय तिलक लामाले बताए। उनले अस्पतालले यस्तो सेवालाई अन्य विकट क्षेत्रमा पनि विस्तार गर्नुपर्नेमा जोड दिए।
धुलिखेल अस्पतालको आउटरिच स्वास्थ्य संस्थाका रूपमा रहेको बोल्दे स्वास्थ्य केन्द्रले बिरामीबाट ४० रुपैयाँ मात्र सेवा शुल्क लिने गरेको छ।
Shares
प्रतिक्रिया