सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ।
मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किंदै गरेका स्थानीय अमित थामीको मृत्यु भएको हो। खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए। उनकी आमा र बहिनी भने सकुशल छन्।
खोलामा पुल नहुँदा स्थानीयले सास्ती पाइरहेका छन्। मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई बर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन्। रासस
27
Shares
प्रतिक्रिया