ad ad

बागमती


बिदा मनाउन मेयर बालेन्द्र बालीमा, २५ गते फर्कने

बिदा मनाउन मेयर बालेन्द्र बालीमा, २५ गते फर्कने

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २१, २०७९ बिहिबार १०:४१, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बिदा मनाउन इन्डोनेसियामा छन्। मेयर शाह परिवारसहित मंगलबार साँझ इन्डोनेसियाको बाली गएका हुन्। 

आगामी पुस २५ गते नेपाल फर्कने कार्यक्रम रहेको प्रमुख स्वकिय सचिव भूपदेव शाहले जानकारी दिए। ‘उहाँ पारिवारसहित व्यक्तिगत भ्रमणका लागि इन्डोनेसिया जानुभएको हो,’ स्वकिय सचिव शाहले भने, ‘२५ गते फर्कनेगरी पारिवारसँग जानुभएको हो। कुनै औपचारिक कार्यक्रम तय भएको छैन।’

उनी महानगरबाट बिदा लिएर बाली घुम्न गएका हुन्।

काठमाडौंको मेयर निर्वाचित भएपछि शाह पहिलोपटक विदेश भ्रमणमा गएका हुन्। उनीसँग श्रीमति सविना काफ्लेपनि इन्डोनेसिया गएकी छिन्। 

इन्डोनेसियाको बाली नेपालीहरुका लागि प्रमुख भ्रमण गन्तव्यको शहर मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .