ad ad

बागमती


हेटौंडामा बोलेरोको ठक्करबाट घाइते बालकको मृत्यु

हेटौंडामा बोलेरोको ठक्करबाट घाइते बालकको मृत्यु

फाइल।


नेपालखबर
चैत ७, २०७९ मंगलबार १३:१६, हेटाैंडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित ओमनगर गेट अगाडी बोलेरोको ठक्करबाट घाइते भएका एक बालकको मृत्यु भएको छ।

गत चैत ५ गते आइतबार बा १२ च ९७८६ नम्बरको बोलेरोको ठक्करबाट घाइते भएका १४ वर्षिय अनिल श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो।

छाला फ्याक्ट्रीबाट ओमनगर गेटतर्फ जाँदै गरेको बा १२ च ९७८६ नम्बरको बोलेरोले स्थानीय जित बहादुर सारु मगरको घर अगाडी श्रेष्ठ र पार्कीङ गरेर राखेको बागमती प्रदेश ०३९००१ प ६२६५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

बोलेरोको ठक्करबाट हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको श्रेष्ठको सोही दिन भरतपुर मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

ठक्कर दिने बोलेरो, बोलेरो चालक र स्कुटर प्रहरीको नियन्त्रणमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .