ad ad

बागमती


काठमाडौंमा शरीरमा आफैँले आगो लगाएकी महिलाको मृत्यु

काठमाडौंमा शरीरमा आफैँले आगो लगाएकी महिलाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ ६, २०८० शनिबार ८:३७, काठमाडौँ

काठमाडौंमा एक महिलाले आफ्नै जिउमा आगो लगाएर आत्महत्या गरेकी छन्। 

जिल्ला प्रहरी परिसर (काठमाडौं) का सूचना अधिकारी एसपी सीताराम रिजालका अनुसार चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठले आफ्नो जिउमा पेट्रोल छर्की आफैँले आगो लगाएकी हुन्। 

उनको उपचारका क्रममा आज (शनिबार) बिहान ३:२० बजे कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए। 

रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोर घर भएकी शान्ति मोहनकुमार श्रेष्ठकी श्रीमती हुन्। श्रीमान् मोहनकुमार प्यारालाइसिसका बिरामी छन्। उनी डेरा कोठामै सुतिरहेका बेला शान्तिले शुक्रबार दिउँसो २:४० बजे आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्। 

‘आगोले जल्दै डेरादेखि ५० मिटर बाटोमा आएर ढलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए’, एसपी रिजालले भने, ‘प्रहरी र स्थानीय मिलेर आगो निभाई उपचारका लागि अस्पताल लगेका थिए।’

तर उपचारका क्रममा उनको मृत्यु भएको एसपी रिजालले बताए। ‘घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .