ad ad

बागमती


सिन्धुपाल्चोकमा मध्यराति मोटरसाइकल सडकबाट खस्दा २ जनाको मृत्यु

सिन्धुपाल्चोकमा मध्यराति मोटरसाइकल सडकबाट खस्दा २ जनाको मृत्यु

नेपालखबर
जेठ १७, २०८० बुधबार २०:२२, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुबिन्डेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 

बा४५प ५५४१ नंको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा बलेफी गाउँपालिका–२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी १६ वर्षीय अनिल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए। 

मंगलबार राति करिब १२ बजे मोटरसाइकल सडकबाट १ सय ५० मिटर तल खसेको र पूर्णरुपमा क्षति भएको प्रनाउ यादवले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .