बागमती


घुस लिँदालिँदै पक्राउ परेका ललितपुरका नापी र मालपोत कार्यालयका २ कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा

घुस लिँदालिँदै पक्राउ परेका ललितपुरका नापी र मालपोत कार्यालयका २ कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा

नेपालखबर
फागुन ११, २०८० शुक्रबार २२:१३, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँचजनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग रु २ लाख ५० हजार बराबर घुस लिँदै गरेको अवस्थामा उनीहरूलाई गत माघ ९ गते पक्राउ गरिएको थियो।

आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध रु दुई लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ। 

त्यसैगरी, आयोगले बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध पनि मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .