बागमती


बागमती : प्रदेश सभा सञ्चालनमा सहमति, बजेटबारे विपक्षीको अडान कायमै

बागमती : प्रदेश सभा सञ्चालनमा सहमति, बजेटबारे विपक्षीको अडान कायमै

नेपालखबर
फागुन १३, २०८० आइतबार २१:१७, हेटाैँडा

बागमती प्रदेशका दलहरूबीच सहमति जुटेको छ। आइतबार प्रदेश सभा भवनमा बसेको बैठकमा दलहरुबीचमा सहमति जुटेको हो।

चालु आर्थिक वर्षको बजेट पास गराउँदादेखि नै असन्तुष्ट रहेको विपक्षी दल नेकपा एमाले र राप्रपाको सरकारसँग सकारात्मक छलफल भएको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।

‘बागमती प्रदेशलाई कसरी राम्रो बनाउन सकिन्छ? प्रदेशमा उठेका प्रश्नहरुको बारेमा कसरी जवाफदेही बन्न सकिन्छ भन्ने विषयमा छलफल भयो’ थपलियाले भने, ‘अब राम्रो तरिकाले मिलेर अघि बढ्ने भन्ने सहमति बन्दै गएको छ। यो छलफल सकिएको छैन। निरन्तर चल्छ।’

उनका अनुसार अब प्रतिपक्षी दलहरुले सदन अवरोध गर्ने वातावरणको अन्त्य हुने अवस्थामा पुगेको हो। बजेट पास गराउँदाको सहमति कार्यान्वयनका विषयमा समेत बैठकमा छलफल भएको थपलियाको भनाइ छ।

यद्यपी, सो विषयमा सरकार र विपक्षी दलहरुबीच भएको लिखित सहमतिमा भने सरकारले कर्मचारीलाई घान हालेर पन्छिन खोजेको थपलिया बताउँछन्।

मंगलबार बिहान बस्ने बैठकमा सोही विषयमा घनिभूत छलफल हुने उनको भनाइ छ। यदी उक्त सहमति कार्यान्वयनमा सरकार पछि हटे सदन चल्न नदिने आफूहरुको अडान कायमै रहेको नेता थपलियाको दावी छ।

त्यसोत, आजको सर्वदलीय बैठकले फागुन महिनाभित्र संसदीय समितिको नेतृत्व चयन गर्ने सहमति समेत भएको बताइएको छ। नेतृत्व चयनका लागि बैठकले नेपाली कांग्रेसका सचेतकको नेतृत्वमा एउटा कार्यदलसमेत गठन गरेको छ।

कार्यदललाई १० दिनभित्र आवश्यक छलफल गरी प्रतिवेदन तयार गर्न निर्देशन दिइएको नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचेतक रत्न ढकालले जानकारी दिए।

यस्तै, फागुन १५ गतेदेखि हिउँदे अधिवेशन आव्हान गरेर सदन सञ्चालन गर्ने समझदारी तयार भएको छ। दलहरूबीच फागुन १५ गते बिहान ८ बजे पुनः छलफलका लागि बस्ने समझदारी भएको छ। सो दिन दिउँसो ३ बजे संसद् बैठक आह्वान गरिएको छ।

प्रदेशसभा बैठक सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले आइतबार सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा प्रदेश सभामा रहेका ७ राजनीतिक दलहरुमध्ये नेपाल मजदुर किसान पार्टी उपस्थित भएको थिएन। बाँकी सबै दलहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

बागमती प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा र हाम्रो नेपाली पार्टी (हानेपा) को प्रतिनिधित्व रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .