बागमती


वर्षाले २३ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँको अधिकतम तापक्रम

वर्षाले २३ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँको अधिकतम तापक्रम

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
बैशाख २६, २०८१ बुधबार २०:४८, काठमाडौँ

निरन्तर मौसम बदली र वर्षाका कारण देशभरको तापक्रम दिनप्रतिदिन घटिरहेको छ। 

यसै क्रममा आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २३.४ डिग्री सेल्सियसमा झरेको छ। 

यही मे १ तारिखका दिन ३३‍.२ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम क्रमशः घट्दै आज (बुधबार) २३.४ डिग्रीमा झरेको हो, हिजो यहाँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस थियो। 

यस्तै मे १ तारिखका दिन ४०.८ डिग्री सेल्सियसमा उक्लिएको जनकपुरको अधिकतम तापक्रम घट्दै घट्दै ३०.४ डिग्री सेल्सियसमा झरेको छ। मंगलबार जनकपुरको अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियस थियो। 

केही दिनअघि ४० डिग्रीबाट पनि उकालो लागेको तराईका जिल्लाको अधिकतम तापक्रम घटेर आज (बुधबार) सबैभन्दा बढी धनगढीमा ३३.८ डिग्री सेल्सियस छ। तराईका जिल्लाको अधिकतम तापक्रम यसभन्दा तल नै छ। 

हेर्नुहोस् कहाँको तापक्रम कतिमा झर्‍यो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .