देशभरसँगै काठमाडौँ उपत्यकामा पनि विगत २४ घण्टामा भीषण वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझ ६:४० बजे दिएको विवरणअनुसार गत २४ घण्टामा काठमाडौँ उपत्यकाका ६ स्थानमा धेरै भारी (सय मिलिमिटरभन्दा माथि) वर्षा मापन भएको छ।
यसैगरी सो अवधिमा उपत्यकाका अन्य ४ स्थानमा भारी (५० मिलिमिटरभन्दा माथि) वर्षा भएको महाशाखाले जनाएको छ।
महाशाखाको तथ्यांकअनुसार पछिल्लो २४ घण्टाभित्र ललितपुरको लेलेमा १६९.४ मिलिमिटर, काठमाडौँको धापड्याममा १५३.३ मिलिमिटर, काठमाडौँकै कीर्तिपुरमा १५०.६ मिलिमिटर, ललितपुरको गोदावरीमा १४९.२ मिलिमिटर, काठमाडौँको नैकापमा १४५ र काठमाडौँकै बबरमहलमा १०१ मिलिमिटर वर्षा मापन भएको हो।
यसैगरी सो अवधिमा काठमाडौँको कपनमा ९८.८ मिलिमिटर, काठमाडौँकै सुन्दरीजलमा ९३.४ मिलिमिटर तथा ललितपुरको टीकाथलीमा ९४.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।
माथि उल्लिखित उपत्यकाका स्थान मौसम महाशाखाका वर्षा मापन केन्द्र भएका ठाउँ हुन्।
Shares
प्रतिक्रिया