ad ad

बागमती


पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकमा देशभरमै सबैभन्दा बढी वर्षा

पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकमा देशभरमै सबैभन्दा बढी वर्षा

फाइल फाेटाे


नेपालखबर
असार २९, २०८१ शनिबार २१:२०, काठमाडौँ

पछिल्लो ३ घण्टामा देशभरमै सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) राति ९ बजेर १० मिनेट जाँदा दिएको विवरणअनुसार सिन्धुपाल्चोकका ३ स्थानमा मध्यम वर्षा मापन भएको हो। 

सार्वजनिक वर्षा मापनअनुसार पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकका ढुंगेमा ३८.८, मेलम्ची–घ्याङमा ३५.८ र तार्के घ्याङमा २४.८ मिलिमिटर वर्षा भएको हो। 

यस्तै सो अवधिमा सिन्धुलीको रानीचुरीमा २०.२ मिलिमिटर वर्षा भएको छ। अन्य स्थानमा योभन्दा कम मात्राको वर्षा भएको छ। 

पछिल्लो ३ घण्टामा देशको पश्चिमभन्दा पूर्वी क्षेत्रमा वर्षा भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .