ad ad

बागमती


ललितपुर महानगर र कोरियाको चेओरवन सहरबीच भगिनी सम्बन्ध कायम

ललितपुर महानगर र कोरियाको चेओरवन सहरबीच भगिनी सम्बन्ध कायम

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १७:३३, काठमाडौँ

ललितपुर महानगर र कोरियाको चेओरवन सहरबीच भगिनी सम्बन्ध कायम भएको छ।

भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चेओरवन शहरका मेयर ली ह्युन जोनले हस्ताक्षर गरेका छन्। 

महानगर प्रमुख चिरीबाबु महर्जन कोरियाको चेओरवन सहरको निमन्त्रणमा बुधबार त्यसतर्फ गएका थिए। समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ उपस्थित थिए।

उक्त कार्यक्रममा महानगरका प्रमुख महर्जनले दुई सहरमा भएका असल अभ्यासहरू आदान प्रदान गर्ने बताए। 

कोरियाका चेओरवन सहरमा कृषि, पर्यटनलगायतका क्षेत्रमा भएको विकासबाट आफू प्रभावित भएको बताउँदै उनले भने, ‘हामीले सम्पदा संरक्षणको क्षेत्रमा धेरै काम गरेका छौँ, चेओरवनले हामीबाट सम्पदा क्षेत्रमा धेरै सिक्न सक्छ, हामीले कृषि र पर्यटन प्रबद्र्धनको क्षेत्र सिक्न सक्ने प्रशस्त ठाउँ छन्।’

नगर प्रमुख महर्जनले भगिनी सम्बन्धले दुई सहर एक अर्काको दुख सुखको साझेदार भएको बताउँदै भन्नुभयो, ‘हामीले मित लगायौँ, नाता जोडियो, सुख—दुख बाँड्छौँ।’

चेओरवन सहरका मेयर ली ह्युन जोनले ऐतिहासिक र सांस्कृतिक सहर ललितपुरबाट आफू प्रभावित भएको बताउँदै एक अर्काको सहरमा भएका असल अभ्यास सिक्दै र सिकाउँदै जाने प्रतिबद्धता व्यक्त गरे। 

झण्डै ६ महिना अघि ललितपुर गएको स्मरण गर्दै जोनले भने, छललितपुरको सम्पदा र संस्कृतिलाई हामी कहिल्यै बिर्संदैनौं , त्यहाँ हामीले पाएको स्वागत सत्कार पनि त्यति नै आत्मीय थियो।’

चेओरवनले ललितपुर महानगरलाई आफूले सफलता प्राप्त गरेको र उन्नति गरेको क्षेत्रमा सहयोग गर्न र सहकार्य गर्न हरदम तयार रहेको उनले दोहो¥याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .