ad ad

बागमती


मकवानपुरमा १८ सैनिक सवार ट्रकमा अचानक आगो लाग्यो

मकवानपुरमा १८ सैनिक सवार ट्रकमा अचानक आगो लाग्यो

आगलागीबाट जलेको नेपाली सेनाको ट्रक


नेपालखबर
भदौ २०, २०८१ बिहिबार १४:४७, हेटौँडा

मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ।

मकवानपुरस्थित ७ नम्बर बाहिनी अड्डा (चनवन ब्यारेक) बाट तालिमका लागि १८ सैनिक लिएर थाहा नगरपालिकाको सिमभन्ज्याङ जाँदै गरेको नेपाली सेनाको ट्रकमा अचानक आगलागी भएको हो। 

बिहीबार (आज) दिउँसो त्रिभुवन राजपथ दामन-शिखरकोट सडक खण्डअन्तर्गत थाहा-४ कुर्सी मोडमा पुगेपछि सेनाको ट्रकमा आगलागी भएको हो।

आगलागीबाट बा १ ग ३४३६ नम्बरको ट्रक जलेर पूर्ण रूपमा क्षति भएको छ।

ट्रकको सापट भाँचिएपछि ट्रकलाई साइड लगाउने क्रममा अचानक आगो लागेको ट्रकमा सवार नेपाली सेनाले बताए।

सापट भाँचिएर डिजल ट्यांकीमा लागेपछि डिजल चुहिएर आगलागी भएको सेनाको भनाइ छ।

थाहा नगरपालिकाको दमकलले ट्रकमा लागेको आगो निभाउने कोसिस गरे पनि सफल नभएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

आगलागीमा मानवीय क्षति भने भएको छैन। तर तालिमका लागि लगिएका सामग्री नष्ट भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .