नेपाली कांग्रेस बागमती प्रदेशको महिला समितिले पूर्णता पाएको छ। बिहीबार (आज) पार्टी सहमहामन्त्री जीवन डंगोल संयोजक रहेको २७ सदस्यीय महिला समितिलाई पूर्णता दिइएको हो।
कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले समितिको सदस्यहरूलाई नियुक्ति गर्दै प्रमाणपत्र वितरण गरेका हुन्। समितिमा बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिमुलक महिलालाई समेटिएको छ।
समितिको सदस्यहरूमा बागमती प्रदेशसभा सदस्य यांकिला शेर्मासहित डा. शुष्मा बराल, राज्यलक्ष्मी पाँडे श्रेष्ठ, कल्याणी खड्का, गीताकुमारी न्यौपाने, अनुपा श्रेष्ठ, शान्ता कार्की, अप्सरा थापा रहेका छन्।
यस्तै, समिता श्रेष्ठ, इश्वरी आचार्य, प्रजुना अधिकारी लगायत रहेका छन्। समितिको सदस्य सचिवमा दया लामिछाने मैनालीलाई नियुक्त गरिएको छ।
समितिलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभापति बानियाँ लगायत कांग्रेस बागमती प्रदेशका पदाधिकारीको उपस्थिति रहेको पार्टीका मुख्यसचिव राजु नेपालले जानकारी दिए।
Shares
प्रतिक्रिया