ad ad

बागमती


त्रिविका परीक्षामा एआई प्रयोग गर्न प्रतिबन्ध (सूचनासहित)

त्रिविका परीक्षामा एआई प्रयोग गर्न प्रतिबन्ध (सूचनासहित)

नेपालखबर
असोज ८, २०८१ मंगलबार १०:८, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने कुनै पनि परीक्षामा एआई प्रयोग गर्न नपाइने भएको छ।  

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय (कीर्तिपुर) ले त्रिविबाट सञ्चालन जुनसुकै तहका परीक्षामा एआई प्रयोगमा प्रतिबन्ध लगाएको हो।

सोमबार त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्ग केसी अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयअनुसार एआई प्रयोग गरेको पाइए परीक्षा नै रद्द गर्ने निर्णय गरेको हो। 

साथै बैठकले त्रिविअन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीको हकमा वार्षिक प्रणालीअन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणालीअन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीलाई एकपटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय पनि गरेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .