ad ad

बागमती


बिहीबारयता बाढीपहिरोले उपत्यकाबाहेक बागमतीका १० जिल्लामा ३० जनाको मृत्यु, ३२ व्यक्ति बेपत्ता

बिहीबारयता बाढीपहिरोले उपत्यकाबाहेक बागमतीका १० जिल्लामा ३० जनाको मृत्यु, ३२ व्यक्ति बेपत्ता

सिस्नेरी


नेपालखबर
असोज १३, २०८१ आइतबार १०:४१, हेटौँडा

बिहीबारयता मात्र काठमाडौँ उपत्यका छाडेर बागमती प्रदेशमा बाढी, पहिरोमा परी ३० जनाले ज्यान गुमाएका छन् भने ३२ व्यक्ति बेपत्ता भएका छन्।

हेटौँडास्थित बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो चार दिनमा उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) बाहेक १० जिल्लामा मात्र बाढीपहिरोले ३० जनाको मृत्यु भएको हो भने ३२ जना बेपत्ता छन्। 

प्रदेशका ती १० जिल्लामध्ये सबैभन्दा धेरै जनधनको क्षति काभ्रेमा भएको छ। जहाँ पहिरोमा परेर १० जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन्। घटनामा १३ जना घाइते पनि भएको बागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। 

यस्तै मकवानपुरमा ७ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। धादिङमा १ जनाको मृत्यु, २ जना घाइते तथा ३ जना बेपत्ता भएका छन् भने नुवाकोटमा एक जनाको मृत्यु तथा एकजना बेपत्ता भएको प्रहरीको तथ्यांक छ।

सिन्धुपाल्चोकमा पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन्। घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ। 

यस्तै बाढीपहिरोका कारण दोलखामा ३ जानको मृत्यु भएकाे छ भने ४ जना बेपत्ता तथा हुँदा १ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ।

बाढीपहिरोमा परेर रामेछापमा एक जनाको मृत्यु भएको छ भने सिन्धुलीमा एकजनाको मृत्यु र एकजना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए।

उनका अनुसार पहिरोको जोखिममा रहेका २ सय २२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने प्रदेशका मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र सिन्धुलीमा गरी ८७ घरपरिवार उच्च जोखिममा छन्।

प्रदेश प्रहरीका अनुसार बागमतीका १० जिल्लामा ४ हजार ११९ प्रहरी परिचालन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .