ad ad

बागमती


झ्याप्लेखोला अपडेटः थप ५ शव भेटिए, मृतकको संख्या ३५ पुग्यो

झ्याप्लेखोला अपडेटः थप ५ शव भेटिए, मृतकको संख्या ३५ पुग्यो

घटनास्थल


नेपालखबर
असोज १३, २०८१ आइतबार १४:१०, काठमाडौँ

पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-९, झ्याप्लेखोलाको पहिरोमा बससँगै पुरिएको अवस्थामा थप ५ शव भेटिएका छन्।

योसमेत आजै भेटिएका शवको संख्या २१ पुगेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए।

यसअघि आजै बिहान १६ शव भेटिएका थिए भने हिजो शनिबार १४ शव फेला परेका थिए। सबै गरेर आज दिउँसो १ बजेर ५५ मिनेट जाँदासम्म शवको संख्या ३५ पुगेको छ। 

‘पछिल्लोपटक भेटिएका ५ शव पुरुषका हुन् भने ती गोरखाबाट आएको बसका यात्रु हुन्’, एसपी अधिकारीले भने। 

यसअघि हिजो शनिबार दुइटा बस र १४ शव फेला परेका थिए भने आज बिहान गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रोबस सोही पहिरोमा पुरिएको अवस्थामा भेटिएका हुन्। 

घटनास्थलमा उत्खनन जारी रहेको प्रहरीले जनाएको छ। 

भेटिएका शवमध्ये अहिलेसम्म १३ जनाको मात्र परिचय खुलेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .