बागमती


बागमती प्रदेशका पाँच कर्मचारी सचिवमा बढुवा

बागमती प्रदेशका पाँच कर्मचारी सचिवमा बढुवा

नेपालखबर
मंसिर २०, २०८० बुधबार १७:३२, मकवानपुर

प्रदेश निजामती ऐन, २०७९ बमोजिम बागमती प्रदेशका पाँच जना कर्मचारी सचिव पदमा बढुवा भएका छन्।

प्रदेश सरकारको आज (बुधबार) बसेको बैठकले पाँच जना कर्मचारीलाई ११औँ तहमा बढुवा गरेको हो। बढुवा हुनेहरूमा स्वास्थ्य सेवातर्फका चार जना र शिक्षा सेवातर्फका एक जना छन्।

प्रदेश निजामती ऐनमा ११औँ तहको प्रदेश सचिव हुने प्रावधान छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका दीपक तिवारी, वसन्त अधिकारी, डा.अर्जुनप्रसाद सापकोटा र डा. नरेन्द्रकुमार झा तथा शिक्षा सेवा तर्फका दीपेन्द्र सुवेदीलाई बढुवा गरेको प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिए।

बढुवाको निर्णय यसअघि नै भए पनि साउन ९ गते अदालतमा मुद्दा परेपछि बढुवा प्रक्रिया रोकिएको थियो। अदालतले मुद्दासम्बन्धी रिट खारेज गरेपछि बढुवाको बाटो खुलेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .