ad ad

बाइक


क्लासिक लेजेन्ड्सले दुई नयाँ मोटरसाइकल नेपाली बजारमा ल्याउने

क्लासिक लेजेन्ड्सले दुई नयाँ मोटरसाइकल नेपाली बजारमा ल्याउने

नेपालखबर
असोज २०, २०७७ मंगलबार ७:४६,

भारतभर फैलिएको व्यापक डिलरसिप नेटवर्कबाट आफ्ना तीन नयाँ जावा मोडलहरूले प्राप्त गरेको विशाल प्रतिक्रिया र सफलताको आधारसहित क्लासिक लेजेन्ड्स नेपाली बजारमा प्रवेश गरेको छ।

क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रालिलाई नेपालका लागि आधिकारिक वितरक–साझेदारका रूपमा नियुक्त गरेको हो। यो अग्नि समूहको सहायक कम्पनी हो र नेपालमा महिन्द्रा युटिलिटी सवारी साधन, ट्रयाक्टर, थ्रि ह्विलर, इलेक्ट्रिक कार र पावरोल जेनेरेटरको एक मात्र अधिकारिक वितरक हो। यसको सञ्चालन सन् २०२० को अक्टोबर महिनाबाट सुरु भएको कम्पनीले जनाएको छ।

कम्पनीले नेपालमा सुरुमा आफ्नो जावा र जावा फोर्टी टु मोडेल उपलब्ध गराउने जनाएको छ। कम्पनीले आफ्ना लोकप्रिय मोडेलहरू सुलभ ढंगले पहुँच हुने गरी प्रस्तुत गर्ने र उनीहरूलाई ‘जावा लाइफ’को अनुभव गर्ने मौका प्रदान गर्ने दाबी गरेको छ।

यो घोषणा गर्दै क्लासिक लेजेन्ड्स प्रालिका प्रमुख कार्यकारी अधिकृत आशिष सिंह जोशीले भारतमा नयाँ जाभा मोडलहरूका लागि अदभूतपूर्व प्रेम, चासो र मागसहित सफलता हासिल गरेकाले नेपालमा पनि यस्तो स्नेह प्राप्त हुने आशा गरेको बताए।

उनले भने, ‘हामी नेपालमा आफ्नो सञ्चालन विस्तारका क्रममा यहाँ हाम्रा जावा र जावा फोर्टी टु गरी दुईवटा मोडेलहरू प्रस्तुत गर्दै छौँ, हामी देशका सबै क्लासिक मोटरसाइकल प्रेमीहरूलाई इतिहासको एक हिस्सासहित एउटा अद्वितीय स्वामित्व अनुभवका साथ हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछौं।’

कार्यक्रममा बोल्दै अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठले यसले क्लासिक लेजेन्ड्सका जावा मोटरसाइकलहरु नेपालमा ल्याउनमा ठूलो गर्व प्रदान गरेको बताए। उनले भने, ‘हामी हाम्रो देशका मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकल ल्याउन पाउँदा उत्साहित भइरहेका छौँ।’

एउटा प्रामाणिक र आइकोनिक ब्रान्ड जावाप्रति निकै आशावादी रहेको बताउँदै उनले यसले मोटरसाइकल प्रेमीहरूकोे स्वतन्त्र भावनालाई निश्चित रूपले पूर्ति गर्ने बताए। नयाँ जावाको पौराणिक क्लासिक अझै टे«न्डी देखिएको भन्दै उनले यसको सबल निर्माण विशेषताले गर्दा नेपालका ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेमा विश्वस्त रहेको उल्लेख गरे। 

जावा मोटरसाइकल सुरुमा काठमाडौंको उत्तरढोका र टेकु स्थित शोरुमहरुमा उपलब्ध हुनेछ र नेटवर्क विस्तारै देशभर विस्तार हुनेछ। यी मोटरसाइकल कम्प्लिट्ली ब्युल्ड युनिट (सीबीयू) प्रविधिमा नेपाल ल्याइनेछ।

निकट भविष्यमा योजनाबद्ध रुपमा बिक्रीकक्ष काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणघाट, लहान, नेपालगन्ज र बुटवलजस्ता प्रमुख शहरहरूमा पूर्ण रूपमा सञ्चालनमा आएपछि यी सहरहरूका ग्राहकहरूले आफ्नै शहरहरूमा आइकोनिक मोडलका जावा र जावा फोर्र्टी टु गरी दुई मोटरसाइकलहरूको बुकगर्न र टेस्टराईड गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .