नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होण्डा सीबीआर ६०० आरआरलाई नेपाली बजारमा भित्राएको छ ।
कम्पनीका अनुसार स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स र फिचरहरुले सबैलाई आकर्षित गर्नेछ ।
४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यस सीबीआर ६०० आरआरमा ५९९ सीसीको इञ्जिन क्षमता रहेको छ। ६६ एनएम टर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० कि.मि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्नेछ ।
६ स्पिड गियरबक्स गरेको यस बाइकको टप स्पिड २५० किमि प्रतिघण्टा रहेको छ। सुपर बाइकहरुको भिडमा एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य ३४ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया