ad ad

ब्लग


हुवावेले यसरी घटाउँदै छ विश्वमा प्राविधिक सीपको अभाव

हुवावेले यसरी घटाउँदै छ विश्वमा प्राविधिक सीपको अभाव

जे चेन
भदौ १४, २०७७ आइतबार १२:४३,

हामी बौद्धिक युगमा प्रवेश गरेको मात्र नभई यसैभित्र बाँचिरहेका छौँ। विश्व डिजिटल युगमा प्रवेश गरिसकेको छ। मानिसहरु मेसिनसँग जोडिएका छन्। बिग डाटा र आर्टिफिसियल इन्टेलिजेन्सले हाम्रो जीवन पद्धतिलाई सहज, उत्तरदायी र स्वायत्त बनाएको छ।

फाइभजी, आईओटी र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता प्रविधिको कारण यो सम्भव भएको हो। यति भन्दै गर्दा २०३० सम्ममा ४७ लाख दक्ष प्राविधिकहरुको अभाव हुने कोर्न फेरीको अध्ययनले देखाएको छ। पीडब्लुसीको २०औँ सीईओ सर्वेअनुसार ५० प्रतिशतभन्दा बढी एसिया प्यासिफिकका सीईओहरुले दक्ष प्राविधिकहरु पाउन कठिन हुने धारणा व्यक्त गरेका छन्।

यस प्रतिभा अभावको सामना गर्न र कोभिड १९ बाट हालको शिक्षा चुनौतीहरूको सामना गर्न हुवावेले यस क्षेत्रभरि दूरशिक्षालाई सहज बनाउन र प्राविधिक सीप वृद्धि गर्न धेरै पहलकदमी भूमिका निर्वाह गर्दै आएको छ।

क्लाउडको माध्यमबाट सिक्दै
हुवावेले विद्यार्थी वर्ग र प्रोफेसनलहरुको लागि कनेक्टिभिटी र इ–शिक्षा प्रदान गर्न मद्दत गरिरहेको छ। हामीले बंगलादेशमा बिजोए डिजिटल र युनेस्कोसँग डिजिटल समाधान प्रदान गर्न र दूरशिक्षाको लागि सहज बनाउन साझेदारी गरेका छौँ। साथै, हुवावे क्लाउड र यू लर्निङले अनलाइन शिक्षा प्रणाली व्यवस्थापन गर्नको लागि इन्डोनेसियामा पनि साझेदारी गरेको छ।

हुवावे क्लाउडले शिक्षा सँगसँगै एआई हेल्थ केयर र क्लाउडमा उद्यम गरी तीनवटा आभारभूत सेवाहरु सुरुवात गरी विश्वव्यापी रुपमा पैmलिरहेको कोभिड १९सँग आफ्ना ग्राहकहरुलाई जुध्न सहयोगी भूमिका निर्वाह गरेको छ। हामी यस महामारीको समयमा स्कुलहरुले अनलाइन शिक्षा प्रदान गर्न साझेदारहरुसँग सव्रिmय रुपमा काम गरिरहेका छौँ ता कि शिक्षण र सिकाइ गतिविधि निरन्तर जारी रहन सकोस्।

क्लाउड प्लेटफर्मले दूरशिक्षा प्रणालीमा सहयोग पुर्याउँछ जहाँ शिक्षक र विद्यार्थीबीच अडियो, भिडियो र च्याट रुमहरुमार्पmत अन्तर्क्रिया गर्न सकिन्छ। अनलाइन सामग्रीहरुले पाठ्यक्रम विकासको दक्षता बढाउनुको साथै शिक्षकहरुलाई टाढै रहेर काम गर्न र शैक्षिक सामग्रीहरु प्रदान गर्न सहयोग पु¥याउँछ। कम ल्याटेन्सी एचडी–भीओडी प्रयोग गरी विद्यार्थीहरूलाई आफैैँ सिक्न सशक्त पार्नुका साथै यस प्लाटफर्मले शैक्षिक सामग्री छिटो वितरण गर्न, अनलाइन परीक्षा लिन र सिकाइ प्रगति निगरानी तत्काल नै गर्न सहयोग पु¥याउँछ।

क्षेत्रीय साझेदारी
सिंगापुरमा उद्घाटन भएको अनलाइन हुवावे इकोसिस्टम शिखर सम्मेलन २०२० मा हुवावेले सिंगापुर कोभिड १९ आर्थिक सुधारमा प्रवेश गरेपछि संयुक्त समाधान नवीनतालाई बढावा दिन आफ्ना स्थानीय साझेदारहरूसँग विशेष सहयोग माग गरेको छ। हामीले उक्त सम्मेलनमा १४० भन्दा बढी अनलाइन कोर्स भएको भर्चुअल एआइएकेडेमीको पनि घोषणा गरेका छौँ। यसले सिंगापुरमा आईटी प्रोफेसनल र एसएमई डिजिटाइजेसनको प्रशिक्षण र थप सीप उकास्ने गति बढाउनेछ। किन कि सिंगापुरले एक डिजिटल भविष्यतिर आफ्नो प्रयास दोब्बर पारेको छ।

यस्तै किसिमका कार्यक्रमहरु मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया र फिलिपिन्सजस्ता एसिया प्यासिफिक देशहरुहरुमा स्थापना गरिएको छ, जसले राष्ट्रिय डिजिटल प्रतिभा इकोसिस्टमको वृद्धि गर्न हजारौं आईसीटी कोर्स र सयौं कुशल प्रशिक्षकहरू प्रदान गर्दछ। हुवावे प्रोगाममा उच्चस्तरको डिजाइन हुन्छ जहाँ राम्रोसँग परिभाषित आईसीटी प्रतिभा प्रमाणीकरण मापदण्ड र विश्वव्यापी विश्वविद्यालयहरूको लागि एक हुवावे आईसीटी एकेडेमी सहयोग परियोजना समावेश गरिएको छ। मुख्यतया, हामीले विद्यार्थीहरूका लागि आफ्ना सीपहरू विकास गर्न, यसको लागि मान्यता प्राप्त गर्न र तुरून्त उनीहरूको छनौटको क्षेत्रहरूमा रोजगारीका अवसरहरू सुरक्षित गर्न आईसीटी प्रतियोगिता र रोजगार मेलाहरू आयोजना गर्दै आएका छौँ।

द युनिभर्सिटी अफ मलेसिया मलेसियाको सबैभन्दा पुरानोे र उच्च श्रेणीमा पर्ने विश्वविद्यालय हो। यसले शिक्षण सामग्री सुधार गर्न, विद्यार्थीहरूको ज्ञानलाई सुदृढ पार्न र उनीहरूको सीप सुधार गर्न हुवावेकोे ज्ञान प्रयोग गरेको छ। चौथो हुवावेआई सीटी प्रतियोगिताको ग्लोबल फाइनलमा द युनिभर्सिटी अफ मलेसियाले ३० देशको ६५ युनिभर्सिटीहरुसँग प्रतिस्पर्धा गरी नेटवर्क प्रतियोगितामा पहिलो पुरस्कार जित्न सफल भएको छ।

मलेसियाका सूचना तथा सञ्चारमन्त्री वाइबी डाटो सइफुद्दिन अब्दुल्लाहले मलेसियामा रहेको द हुवावे आसियन एकेडेमीले आईसीटी विकासको माध्यमबाट डिजिटल आर्थिक वृद्धिको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभएको छ। यो पहिलेभन्दा बढी स्थानीय प्रतिभाहरुको प्रोत्साहन र विकास गरी परिवर्तित भूमण्डलीकरण परिदृश्यमा अनुकूलन गर्न उचित आईसीटी ज्ञानसहित सुसज्जित छन् भन्ने कुरा सुनिश्चित गर्न आवश्यक पर्ने उहाँको भनाइ थियो।

सीप विकास
यस वर्ष हुवावेले हुवावे आईसीटी एकेडेमी कार्यक्रम २.० को आधिकारिक घोषणा गरेको छ, जसको उद्देश्य भनेको २० लाख आईसीटी प्रोफेसनल विकास गर्ने र आगामी पाँच वर्षमा विश्वविद्यालयहरूसँग सहकार्य गरेर डिजिटल सीपहरू लोकप्रिय पार्नु हो। हुवावेले हुवावे आईसीटी एकेडेमी विकास प्रोत्साहन कोष (एडीआईएफ) स्थापना गर्नेछ, जसको लागि कम्तीमा ५ करोड अमेरिकन डलर लगानी आगामी पाँच वर्षमा गर्ने भएको छ।

जुलाईमा हुवावे इन्डोनेसियाले शिक्षा र संस्कृति मन्त्रालयसँग इ–लर्निङ प्लेटफर्म, आईसीटी प्रशिक्षण, प्रतियोगिता, विद्यार्थी इन्टर्नशिप र संयुक्त अनुसन्धानमा विश्वविद्यालयहरूसँग सहकार्य गर्न एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

इन्डोनेसियाको शिक्षा र संस्कृति मन्त्रालयअन्तर्गत उच्च शिक्षा विभागका कार्यवाहक महानिर्देशक प्राध्यापक इर निजामले ‘डिजिटल अर्थतन्त्र भनेको देशको आर्थिक वृद्धिलाई असर पार्ने कारक तत्व भएको बताउनुभएको थियो। उहाँले यो सहकार्य एकदम महत्वपूर्ण रहेको भन्दै आईसीटी क्षेत्रमा सक्षम मानव संसाधनको आवश्यकतासँग सम्बन्धित रहेको बताउनुभएको थियो। उहाँका अनुसार हुवावेको टेक्नोलोजी र विशेषज्ञ सहयोगले विश्वविद्यालयहरूमा डिजिटल रूपान्तरण प्रगतिलाई ठूलो सहयोग पु¥याउनेछ। साथसाथै इन्डोनेसियामा उच्च शिक्षाको विश्वव्यापी प्रतिस्पर्धामा सुधार ल्याउनेछ।

हुवावेले सहकारी शिक्षा समर्थन गर्दछ र विश्वव्यापी हुवावे सर्टिफिकेसन प्रशिक्षण प्रदान गर्नसक्ने प्रशिक्षण साझेदारहरु आधिकारिकता प्रदान गर्दछ। हामीले एकेडेमीहरू र प्रशिक्षण साझेदारहरूको स्थापनाको साथ, प्रमाणीकरणको मूल्यलाई बढावा दिन र आईसीटी उद्योगको लागि आवश्यक प्रतिभा विकास गर्नसक्छौँ।

सर्वप्रथम, हामी हाम्रो उद्योगको ज्ञान प्रयोग गर्छौँ र विकास समाधानहरूमार्फत हुवावे सर्टिफिकेसन प्रदान गर्छौँ जसले विद्यार्थीहरूलाई नयाँ सीपहरू सिक्न र प्राप्त सहयोग गर्दछ।

त्यसपछि हामी हाम्रा हुवावे आईसीटी प्रतियोगिता र रोजगार मेलाहरू प्रयोग गर्छौँ। यसबाट विद्यार्थीहरूलाई मान्यता प्राप्त गर्न र हाम्रो ग्राहक वा साझेदारहरूमध्ये कुनै एकमा वा सिधै हुवावेमा बहुमूल्य रोजगारी सुरक्षित गर्न सहयोग पुग्नेछ।

अबको विश्व उपकरणद्वारा हावी हुनेछ। जसले कनेक्ट, सेन्स गर्दै हाम्रो वरिपरिका वस्तुहरुलाई प्रतिक्रिया दिइरहेको हुन्छ। हामी आशा गर्दछौँ कि हाम्रो शैक्षिक कार्यक्रमहरुले सामाजिक दायित्वप्रति हाम्रो प्रतिबद्धतालाई मात्र पुष्टि नगरी विशेषज्ञहरुको अर्को पुस्ता पनि तयार गर्दछ। यसले हालको डिजिटल परिदृश्यलाई डिजाइन र नेभिगेट गर्दछ र हाम्रो भविष्य यसैमा निर्भर गर्दछ।

(जे चेन हुवावे एसिया प्यासिफिकका उपाध्यक्ष हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .