दसैँअघि मात्रै नेपालमा सार्वजनिक भएको ड्याटसन रेडि–गोले राम्रो व्यापार गरिरहेको छ। नयाँ विशेषता थप भई आएको रेडि–गो बीएस ६ इन्जिन मापदण्डको गाडी हो। यसले यसअघिका गाडीको तुलानामा कम प्रदूषण गर्छ।
ड्याटसन गाडीका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले इन्ट्रिलेवलको कारमा रेडि–गो राम्रो बिक्री भइरहेको बताएको छ।
‘बोल्ड र स्टाइलिस’ रेडि–गो नेपालमा सस्तो गाडीमध्ये एक हो। अन्य कम्पनीका इन्ट्रिलेवलका कारभन्दा रेडि–गो सस्तो छ।
नयाँ फिचर थप हुँदा बीएस ४ तुलनामा मूल्य केही बढे पनि यसको सुरुवाती मूल्य २३ लाख ९९ हजार मात्रै छ।
ड्याटसनको रेडि–गो भारतमा ८ सय सीसी र हजार सीसीमा भए पनि नेपालमा हजार सीसीको सार्वजनिक भएको छ। ८ सय सीसीको छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ।
‘दशैँअघि थुप्रै नयाँ फिचरसहितको रेडी गो सार्वजनिक गरेका हौँ’, पायोनियर मोटोकर्पका एसिस्टेन्ट जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले भने, ‘इन्ट्रिलेवलको कारमा नेपालमा बढी बिक्ने कारमा पर्छ। अहिले थप फिचरसहित आएको गाडीमा ग्राहकको आकर्षण बढेको छ।’
१.० लिटरको पेट्रोल इन्जिन रेडि–गो आधुनिक फिचरसहित उपलब्ध रहेको छ। चन्दले केही समयपछि ८ सय सीसीको गाडी पनि सार्वजनिक गर्ने जानकारी दिए।
रेडि–गो आरामदायी सुविधा अनुभव गर्न सकिने अटोमेटेड म्यानुअल ट्रान्समिसन सिस्टमसहितको छ। नयाँ गाडीमा रुफ ल्याम्प, सन भाइजर, स्टोरेज, प्रिमियम फेब्रिक सिटलगायत इन्टेरियर फिचर छन्।
सुरक्षाको हिसाबले पनि यो कार राम्रो छ। ड्राइभर एयरब्याग, प्यासेन्जर एयरब्याग, रियर पार्किङ सेन्सर, स्पिड वार्निङ सिस्टम, एफआर डिसब्रेक, सिट बेल्ट रिमाइडर छ भने एबीएस र ईबीडी सिस्टम पनि यसमा समावेश छ।
रेडि–गो दुई इन्जिन विकल्प र इन्जिन तीन सिलिन्डर पेट्रोल इन्जिन रहेको छ। नेपालमा सार्वजनिक भइसकेको रेडि–गो १.० इन्जिनको १००० सीसीको हो। ५ हजार ५ सय आरपीएममा ६८ पीएसको पावर र ४२५० आपीएममा ९१ एनएम टर्क यसले जेनेरेट गर्छ। ५ स्पिड एमटी ट्रान्सिमिसन रहेको गाडीमा २१.७ माइलेज दिने कम्पनीले बताएको छ।
गाडीको लम्बाइ ३४३५ एमएम, चौडाइ १५७४, उचाइ १५४६ तथा ह्विल बेस २३४८ एमएम रहेको छ। गाडीको इन्धन क्षमता २८ लिटर रहेको छ। रेडि–गो हचब्यागको बुट क्षमता २२२ रहेको छ।
केही समयपछि सार्वजनिक हुने ८०० सीसीको इन्जिनले ५४ पीएसको पावर र ७२ एनएमको टर्क जेनेरेट गर्ने कम्पनीको भनाइ छ। यसको इन्जिनले २२.७ किलोमिटर प्रतिलिटरको माइलेज दिनेछ।
१८७ एमएमको ग्राउन्ड क्लियरेन्स भएको रेडि–गो ८ इन्चको इन्फोटेनमेन्ट सिष्टम, एन्ड्रोड र एप्पल कार प्ले, भ्वाइस रिकोग्नाइजेसन, रियर भ्यु क्यामरा तथा पावर विन्डो र पावर स्टेयरिङ लगायतका विभिन्न सुविधा उपलब्ध छन्।
Shares
प्रतिक्रिया