बेलायती सवारीसाधन ब्राण्ड मोरिस ग्यारेज (एमजी)को एचएस एसयूभी नेपालमा बिक्री सुरु भएको छ।
नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले औपचारिक रुपमा गाडी सार्वजनिक नगरे पनि प्रि–बुकिङका गाडी वितरण सुरु गरेको हो।
पारामाउन्ट मोटर्सले केही दिनभित्रै एचएस एसयूभी गाडीको औपचारिक लन्च गर्ने तयारी गरिरहेको जनाएको छ।
‘गाडी नेपाल भित्रिएर पनि बुकिङ गरेका ग्राहकलाई वितरण सुरु गरेका छौँ’, जनरल म्यानेजर सचिन अर्यालले भने, ‘औपचारिक लञ्चको तयारी गरिरहेका छौँ।’
कम्पनीले एचएस मोडलका गाडी शोरुममा राखिसकेको छ। ‘द अल न्यु स्टाइलिस एसयूभी’को रुपमा बजारमा आएको एमजी एचएस एसयूभी अगाडि ड्युअल र साइड कटन एयरब्याग रहेको छ।
एचएसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ। जसले अधिकतम ५६०० आरपीएममा १६२ पीएस पावर र ४४०० आरपीएममा २५० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले उल्लेख गरेको छ। ७ स्पिड अटोमेटिक गियरबक्स रहेको गाडीको अधिकतम स्पिड १९० किमि प्रतिघण्टा रहेको छ।
एचएस एसयूभीको सुरुवाती मूल्य ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको छ। विभिन्न तीन कलरमा गाडी उपलब्ध हुनेछ। जसमा कालो, सेतो र रातो कलर रहेका छन्।
यस्ता छन् विशेषता
कारलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रिक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ रहेको छ।
आफूअनुकू्रल कफर्टेबल बनाउन सकिने ड्राइभिङ सिट तथा यात्रु सिटअगाडिका दुवै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यु मिरर जस्ता फिचर यसमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
गाडीमा १०.१ इन्चको इन्फोटेनमेन्ट सिस्टम यसमा रहेको छ। जसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । यसमा रहेको १८ इन्चको अलोय ह्विल र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुबैलाई प्रिमियम बनाएको छ ।
प्रतिक्रिया