नयाँ वर्षको अवसरमा चारपांग्रे गाडीले आकर्षक अफर सार्वजनिक गरेका छन्।
२०७८ सुरु हुनैलाग्दा नेपालमा चारपांग्रे गाडीको आधिकारिक बिक्रेताहरुले विभिन्न अफर सार्वजनिक गरेका हुन्।
कम्पनीहरुले आकर्षक नगद छुटसहित फिक्स ब्याजदरमा गाडी खरिद गर्न सकिने अफर सार्वजनिक गरेका छन्।
१ वर्षको सडक दस्तुर, गाडीको लागि आवश्यक सामग्री निःशुल्क, नयाँ वर्षको अवसरमा एक्सचेन्ज बोनससहितका अफर रहेका छन्।
‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौँ’
हुन्डाईका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौँ’ सार्वजनिक गरेको छ।
यो योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
यो योजनाअन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत २० हजारदेखि ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँबराबरको लोयल्टी बोनस, १ लाखसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।
हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्ये पर्दछ। हुन्डाईले सेन्ट्रो, ग्राण्ड आईटेन निओस, आउरा, भेन्यु, के्रटा लगाएतका चर्चित मोडल नेपालमा बिक्री गर्दै आएको छ।
रेनोको स्पेसल योजना
रेनो नेपालले नयाँ वर्ष २०७८ स्पेसल योजना सार्वजनिक गरेको छ।
रेनोले अधिकतम छुट, सजिलो वित्तीय सुविधा, निःशुल्क अतिरिक्त सामानसहित १ वर्षको सडक दस्तुर कम्पनी आफैँले खर्च गर्ने जनाएको छ।
रेनोका गाडी खरिद गर्नेलाई निःशुल्क २ वर्षसम्मको सर्भिस दिने कम्पनीले उल्लेख गरेको छ। रेनोले ट्रिबर, क्याप्चर, लोजी, डस्टर, क्विड मोडलका पेट्रोल तथा डिजेल इन्जिनका गाडी बिक्री गर्दै आएको छ।
फक्सवागनको ‘हर्ष नयाँ वर्षको अफर ४ वर्षको’
पूजा इन्टरनेशनल आधिकारिक बिक्रेता रहेको फक्सवागन नेपालले ‘हर्ष नयाँ वर्षको अफर ४ वर्षको’ योजना सार्वजनिक गरेको छ।
जर्मन ब्राण्ड फक्सवागनले १ वर्ष निःशुल्क इन्स्योरेन्स सुविधा दिएको छ। त्यस्तै यस ब्रान्डका गाडी खरिदमा २ वर्ष जति कुदाए पनि ‘अनलिमिटेड वारेन्टी’ रहेको छ।
फक्सवागनको गाडी खरिद गर्दा ४ वर्षसम्म कुनै मेन्टेनेन्स शुल्क बुझाउनु नपर्ने कम्पनीले उल्लेख गरेको छ।
योसँगै आकर्षक नगद छुट, १ आर्थिक वर्षको सडक दस्तुर निःशुल्क, गाडीको लागि आवश्यक पर्ने सामग्री फ्रिमा उपलब्ध गराउने उल्लेख गरेको छ।
फक्सवागनको गाडी किस्तामा खरिद गर्न चाहनेहरुको लागि सहज बैंकिङ सुविधा उपलब्ध गराउने जनाएको छ।
अफर वैशाख महिनाभरिको लागि मात्रै हुनेछ।
कम्पनीले प्रिमयम हचब्याग पोलो, सेडानमा भेन्टो र लक्जरी भेहिकलमा अलस्पेस मोडल बिक्री गर्दै आएको छ।
दी गोको यस्तो अफर
पछिल्लो समय लोकप्रिय बन्दै गएको विद्युतीय गाडी दी गोले पनि अफर ल्याएको छ। ‘नयाँ वर्ष नयाँ गाडी ढुक्कसँग आरामको सवारी’ एक्सचेन्ज अफर सार्वजनिक गरेको छ।
कम्पनीले आफ्नो पुरानो गाडीसँग नयाँ दी गो इ८ एक्सचेन्ज गर्न आग्रह गर्दैै नयाँ गाडीको फाइनान्ससँगै पुरानो गाडीको पनि मूल्य निर्धारण गर्ने कम्पनीले उल्लेख गरेको छ।
त्यसबाहेक नयाँ वर्ष २०७८ को अवसरमा दी गोको इलेक्ट्रिक गाडी ई८ किन्दा आइफोन १२ प्रो म्याक्स उपहार पाइने भएको छ।
नेपालका लागि दी गो ब्रान्डका इलेक्ट्रिक गाडी वितरक दी गो ग्रुप अफ कम्पनिजले यो अफर सार्वजनिक गरेको हो।
सो गाडी किन्दा योबाहेक एक वर्षको निःशुल्क बीमा सुविधा समेत उपलब्ध हुनेछ।
नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक गाडीमध्ये दी गो इ८ सबैभन्दा सस्तो इन्ट्री लेबलको कार मानिन्छ। दी गो ई८ कारको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ।
दी गो इ ८ गाडी प्रतिकिमि १ रुपैयाँ मात्रै खर्च हुने कम्पनीले दाबी गरेको छ।
स्कोडाको फिक्स्ड ब्याजदर
स्कोडा नेपालले नयाँ वर्षको अवसरमा ५.९९ प्रतिशत फिक्स्ड ब्याजदरमा गाडी बिक्री गर्ने भएको छ।
डाउन पेमेन्टको सुरुवात १० लाखबाट हुने कम्पनीले जनाएको छ।
त्यसबाहेक नयाँ वर्षमा स्कोडाले आकर्षक नगद छुट, एक वर्षको सडक दस्तुर कम्पनीले नै तिरिदिन्छ। स्कोडाका गाडी खरिद गर्दा ४ वर्षको वारेन्टी वा १ लाख किलोमिटरसम्मको हुनेछ।
ड्याट्सनको आकर्षक छुट
ड्याटसन नेपालले २०२१ का नयाँ मोडलमा आकर्षक छुट दिएको छ। कम्पनीले नयाँ गाडीको खरिदमा १ लाख ७५ हजारसम्म छुट पाइने उल्लेख गरेको छ।
ड्याटसनले एभरेष्ट बैंकसँग किस्तामा गाडी खरिद गर्नेले ७ प्रतिशत ब्याजदरमा पाउने जनाएको छ।
प्रतिक्रिया