बजारमा उपलब्धमध्ये सबैभन्दा सस्तो एसयूभी रेनो किगर नेपालमा बुकिङ खुल्ला भएको छ।
कम्पनीले अबको दुई हप्ताभित्रै नेपालमा सर्वाजनिक गर्ने गरी बुकिङ खुल्ला गरेको जनाएको छ।
रेनो नेपालका लागि आधिकरिक बिक्रेता एडभान्स अटो मोबाइल प्रालिले केही समयमै सार्वजनिक गर्ने गरी बुकिङ खुल्ला गरेको जनाएको छ।
‘रेनो किगरको बुकिङ देशभर खुल्ला गरिसकेका छौँ’, एडभान्स अटो मोबाइल प्रालिका महाप्रबन्धक अधिर श्रेष्ठले नेपालखबरसँग भने, ‘अबको १०–१२ दिनमै नेपालमा लञ्च गर्ने तयारी गरेका छौँ।’
उनले युवाहरुले अत्यधिक मन पराएको एसयूभी किगर ४ वटा भेरियन्टसहित सबभेरिएन्टमा उपलब्ध हुने जानकारी दिएका छन्।
रेनो किगर भारतमा उत्पादित बीएस ६ मापदण्ड इन्जिनमा उपलब्ध छ। ९ सय ९९ सीसी भएको ‘द अल न्यु रेने किगर’ हाल पेट्रोल इन्जिनमा उपलब्ध हुने बताइएको छ।
गाडीको इन्जिनले ५ हजार आरपीएममा ९८.६३ बीपीएच पावर र टर्क १६० जेनेरेट गर्ने उल्लेख गरेको छ। म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसनमा उपलब्ध गाडीको तौल १ हजार १२ किलोग्राम छ।
४० लिटरको इन्धन ट्यांकी रहेको गाडीमा ३९ सय ९१ लम्बाइ, १७ सय ५० चौडाइ र १६ सय ५ एमएम उचाइ रहेको कम्पनीले उल्लेख गरेको छ।
बुट स्पेस ४०५ लिटर रहेको गाडीमा ग्राउन्ड किलियरेन्स २०५ एमएमको छ। कम्पनीले गाडीका मुख्य पाँच विशेषतामा आकर्षक डिजाइन, स्मार्ट क्याबिन, उत्साहपूर्ण डाइभ, आरामदायी सिट र धेरै बुट स्पेस रहेको जनाएको छ।
महाप्रबन्धक श्रेष्ठले एसयुभी किगरको मूल्य औपचारिक लञ्चिङ समयमा सार्वजनिक गर्ने बताए पनि गाडीको सुरुवाती मूल्य साढे २८ लाख रुपैयाँ मात्रै छ।
प्रतिक्रिया