व्यवसायी अमित श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो।
उनीविरुद्ध क्रिप्टो करेन्सी कारोबार र विदेशी विनिमय अपचलनको कसुरमा मुद्दा दायर गरिएको थियो। यी कसुरमा ७ वर्ष कैद र करिव डेढ अर्ब जरिवाना माग गरिएको छ।
क्यानडा र अष्ट्रेलियामा गैरकानुनी कारोबार पुष्टि भएको भन्दै व्यवसायी अमित श्रेष्ठलाई साेमबार ७ वर्ष कैद र झण्डै डेढ अर्व जरिवाना माग गर्दै मुद्दा दर्ता भएको थियाे।
सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो।
375
Shares
प्रतिक्रिया