काठमाडौंको एक आईटी कम्पनीले साइबर अपराध गरेको प्रहरीले बताएको छ।
साइबर ब्यूरोले जेनिश सोलुशन प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पोखरेललाई पक्राउ गरेको छ।
सुन्दर ग्रुप अफ कम्पनीले कम्प्युटर लेखा सम्बन्धी उपकरणहरुको कारोबार, कम्प्युटरको थोक व्यापार र अन्य विभिन्न वस्तुहरुको आयात निर्यात गर्ने लगायतका सेवा प्रदान गर्दै आएको थियो।
तर कम्पनीले वेवपोर्टल तथा डाटाहरुलाई जेनिश सोलुशनले अनधिकृत रुपमा होस्टिङ अकाउण्टमा प्रवेश गरी बिना पूर्वसूचना सम्पूर्ण डाटाहरु नष्ट गरी क्षति पुर्याएको प्रहरीमा जाहेरी परेको थियो।
साइबर ब्यूरोले प्रारम्भिक अनुसन्धानका क्रममा कम्पनीको संलग्नता देखिएपछि सञ्चालक पोखरेललाई पक्राउ गरेको ब्यूरोले जानकारी दिएको छ।
काठमाडौं महानगरपालिका ९ बत्तिसपुतलीका ५० वर्षीय पोखरेल ललितपुर महानगरपालिका २ झम्सिखेलस्थित कम्पनीमा कार्यरत थिए।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुरमा अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए।
Shares
प्रतिक्रिया