ad ad

अपराध


झापामा लागुऔषध र नक्कली नोटसहित दाजुभाइ पक्राउ

झापामा लागुऔषध र नक्कली नोटसहित दाजुभाइ पक्राउ

बरामद सामानसहित पक्राउ परेका दाजुभाइ


नेपालखबर
चैत २, २०७९ बिहिबार १२:४२, झापा

झापाको बिर्तामोड नगरपालिका-४ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बेलुका विशेष सूचनाका आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ का सुवास ताजपुरियाको घरकोठा खानतलासी गर्दा  ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर र नाइट्राजेपान २८ ट्याबलेट लागुलागुऔषध बरामद भएको हो। 

साथै नक्कली नेपाली नोट हजार रुपैयाँका ८८ थान, पाँच सयका २ थान, अस्ट्रेलियन नोट एक सयका ३ थान, अन्य देशका नोट ११ थान, सक्कली नेपाली रुपैयाँ ३ हजार र मे.५ प.९७९७ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। 

यी लागुऔषध र नक्कली नोटसहित  २४ वर्षीय सुवास ताजपुरिया र उनका भाइ १९ वर्षीय प्रवीण ताजपुरियालाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेका दुवै जनाबारे इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .