ज्योति विकास बैंकले मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
तिलोत्तमा नगरपालिका वडा नं. ५, रुपन्देहीस्थित मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खाण र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरेका थिए।
साथै, रामग्राम नगरपालिका वडा नं. ३ परासीस्थित परासी शाखाको उद्घाटन रामग्राम नगरपालिकाका मेयर धनपत यादव र बैंकका संचालक श्रीमन महर्जनले संयुक्त रुपमा गरेका थिए।
उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्य, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
नयाँ शाखाहरुको उद्घाटन अवसरमा बैंकले मणिग्राम र परासी शाखाका ग्राहकहरुको निमित्त शून्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।
Shares
प्रतिक्रिया