सुनचाँदीको मूल्य आज घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा सुन ३ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले सस्तो भएका हुन्।
यसअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदी १ हजार २ सय ३५ रुपैयाँले सस्तो भएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔँस १.६३ डलरले घटेर १ हजार ८ सय १७ दशमलव ४६ डलरमा कारोबार भएको गोल्डप्राइस डट ओआरजीले जनाएको छ। यो भनेको शून्य दशमलव शून्य नौ प्रतिशतले घटेको हो।
39
Shares
प्रतिक्रिया