नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार पुगेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११६५ रुपैयाँमा कारोबार भइरहेको छ।
300
Shares
प्रतिक्रिया