ad ad

कारोबार


पेट्रोलियम ढुवानी व्यवसायीले भोलिदेखि आन्दोलन गर्ने

पेट्रोलियम ढुवानी व्यवसायीले भोलिदेखि आन्दोलन गर्ने

नेपालखबर
साउन १५, २०७९ आइतबार १३:१७, काठमाडौँ

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सोमबारदेखि आन्दोलन गर्ने भएका छन्। 

देशभरका पेट्रोलियम ढुवानी व्यवसायी भाडा समायोजन नगरेको भन्दै आन्दोलित भएका हुन्। 

उनीहरुले भाडा समायोजनका लागि आजसम्मको समयसीमा दिएका थिए। 

यही साउन ६ गते बसेको महासंघको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो। तर आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाइ इन्धन ढुवानी गर्ने ट्यांकरले देशभर पीडीओ नलिने र लोड नगर्ने भएका छन्। 

त्यस्तै २० गतेबाट राज्यभरका सम्पूर्ण पेट्रोलियम ढुवानी ट्यांकरले पीडीओ नलिने र लोड नगर्ने भएका छन्। २१ गतेबाट सबै ट्यांकर लोड र अनलोड नगर्ने महासंघले निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .