सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ।
उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक, ओनेक्स ट्रेडिङ प्रा.लि.(द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्नेछन्।
सानिमा बैंकको डेविट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ क्यूआर स्क्यानिङबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ क्यूआर काेडबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु. १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यो योजना २०७९ भाद्र ११ गते मात्र लागू हुन बैंकले जनाएको छ।
सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट मा लगइन गरी आवेदन दिन सकिन्छ।
सानिमा बैंकको सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन्।
साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ।
प्रतिक्रिया