ad ad

कारोबार


मतपत्रका लागि १६ करोड ३२ लाखको कागज खरिद गरिँदै, आयोगले खुलायो ठेक्का

मतदान केन्द्रमा प्रयोग हुने सामग्रीका लागि २ करोड २८ लाख
मतपत्रका लागि १६ करोड ३२ लाखको कागज खरिद गरिँदै, आयोगले खुलायो ठेक्का

तस्बिर : नेपालखबर


नेपालखबर
भदौ १५, २०७९ बुधबार ७:२६, काठमाडौँ

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले धमाधम तयारी अघि बढाएको छ। मतपेटिका, मतपत्र र अन्य निर्वाचनमा आवश्यक पर्ने सामग्री खरिदका लागि विभिन्न कम्पनीहरुलाई धमाधम ठेक्का दिन थालेको छ। 

आयोगले बुधबार (१५ भदौ) मा मतपत्रका लागि कागज खरिदको जिम्मा थापाथलीस्थित नवदुर्गा ट्रेडिङ कन्सर्नलाई दिएको जनाएको छ। एक सूचना जारी गर्दै आयोगले बोलपत्र स्वीकृत भएको जानकारी गराएको हो। 

निर्वाचन आयोगले मतपत्रको कागज खरिद गर्न आह्वान भएको बोलपत्रमा १३ भदौभित्र दर्ता हुन आएका बोलपत्रमध्ये नवदुर्गालाई सो ठेक्का दिएको जानकारी गराएकाे हो। मूल्य अभिवृद्धि करसमेत राखेर १६ करोड ३२ लाख ७८ हजार २ सय ७६ मा कबोल भएको आयोगले जनाएको छ। 

बोलपत्र दाताले कार्य सम्पादन जमानत र मतपत्र छपाइ गर्ने कागज २० दिनभित्र आपूर्ति गर्न सक्ने आधार र प्रमाण सहितको विस्तृत कार्यतालिका पेस गर्न आयोगले आग्रह गरेको छ।

सोही दिन खरिद सम्झौता हुने र कार्यादेश दिइने आयोगले जारी गरेको सूचनामा उल्लेख छ।  

त्यस्तै, आयोगले मतदान केन्द्रमा प्रयोग हुने निर्वाचनका लागि आवश्यक सामग्रीहरु खरि गर्न अन्य दुई कम्पनीलाई बोलपत्र स्वीकृत गराएको छ। मतदान केन्द्रमा प्रयोग हुने सामग्रीका लागि २ करोड २८ लाख कबाेल रकमसहितकाे बाेलपत्र स्वीकृत भएकाे आयोगले​ अर्काे सूचनामार्फत जानकारी दिएकाे छ।

मुनरक जे भि, त्रिपुरेश्वर रर वर्कपिडिया इन्टरप्राइजेज प्रा.लि लाई अन्य सामग्री खरिदको ठेक्का दिइइएको आयोगले जनाएको छ। 

हेर्नुस् आजको गोरखापत्रमा सूचनाः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .