बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।
यस सम्झौता पश्चात बैंकका ग्राहकले मेरो स्टोर, बुटवल, रुपन्देहीमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन्।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
मेरो स्टोर, बुटवल, रुपन्देहीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।
42
Shares
प्रतिक्रिया