ad ad

कारोबार


‘तेस्रो टीबीसी जब फेयर’ सम्पन्न

‘तेस्रो टीबीसी जब फेयर’ सम्पन्न

नेपालखबर
भदौ २२, २०७९ बुधबार १३:३, काठमाडौँ

काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर ३.०) सम्पन्न भएको छ। कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गरेको हो। 

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका २५ बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहेको थियो। 

कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिए। उक्त अवसर प्रदान गर्ने कम्पनीहरुमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डिजीहब), सुबिसी केबलनेट, जिनिएस डिजाइन्स प्रा.लि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज रहेका थिए। 

कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले स्वागत गरेका थिए। त्यस्तै कार्यक्रमबारे फ्रक्स जबका सिइओ बिमल कँडेलले परिचयात्मक जानकारी दिएका थिए। कलेजले दिएको जानकारी अनुसार उक्त फेयरमा कुल २३३ अन्तर्वार्ता भएको थियो। कार्यक्रमको अन्त्यमा आउने दिनमा आयोजित हुने जब फेयरलाई थप सफल बनाउन प्रतिक्रिया र सुझाव समेत संकल गरिएको थियो।

त्यस्तै द ब्रिटिस कलेजका एसोसियट डिन अफ क्वालिटी एण्ड एसुरेन्स एमलाल चन्द्र राजभण्डारीले कार्यक्रम समापनको मन्तव्य दिएका थिइ। साथै कार्यक्रममा उपस्थित विभिन्न कम्पनीका प्रतिनिधिहरुलाई उनले मायाको चिनो प्रदान गरे।

कार्यक्रममा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएससी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबिए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागीता रहेको थियो।

द ब्रिटिस कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले भने, ‘टीबीसीले हरेक वर्ष आयोजना गर्ने यो कार्यक्रमले विद्यार्थीहरुलाई उत्कृष्ट अवसर प्रदान गर्दै आइरहेको छ। यो कार्यक्रमलाई थप विस्तार गरेर अगाडि बढ्ने कुराप्रति विश्वस्त दिलाउन चाहन्छु।’

उनले जब फेयरमा सहभागी भएका सबैलाई धन्यवाद दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .