कारोबार


राउण्ड टेबल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

राउण्ड टेबल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

नेपालखबर
भदौ २२, २०७९ बुधबार १७:५७, काठमाडौँ

राउण्ड टेवल नेपालको २२औँ साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ। 

यही भदौ १८ गते सम्पन्न साधारणसभाले राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। 

चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भएका छन्। 

निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराएका थिए। 

सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरु आएका थिए। साधारणसभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .