पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पूर्वाधार विकास नहुनुमा निजी क्षेत्र पनि दोषी रहेको बताएका छन्।
नेपालको पूर्वाधार निर्माणमा निजी क्षेत्रले १० वर्षसम्म लाइसेन्स होल्ड गर्दा पनि समस्या रहेको खतिवडाले बताएका हुन्।
आजदेखि सुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै उक्त कुरा बताएका हुन्।
त्यस्तै उनले लगानीको स्पष्टता र स्थिर सरकारी नीतिको खाँचो पनि औँल्याए।
सम्मेलनमा कुन क्षेत्र र कहाँ लगानी गर्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ। उनले केही नीति परिवर्तन भए पनि केही बाँकी रहेको भन्दै पूर्वाधार क्षेत्रमा वार्षिक २० खर्ब लगानी हुनुपर्ने बताए।
उनले आवश्यक पूर्वाधार सँगसँगै निर्माण गर्नुपर्ने बताए।
‘केही वर्षअघि औद्योगिक पूर्वाधार निर्माण गरौँ भन्दा विद्युतीय पूर्वाधार छैन भनियो’, खतिवडाले भने, ‘अहिले विद्युत् पाउनथालेका छौँ। औद्योगिक पूर्वाधार छैन।’
उनले अब नेपालले पर्यटन, यातायात र हाइड्रोमा लगानी बढाउनुपर्ने बताए। नेपालका साना पूर्वाधार स्वपुँजीबाट निर्माण गर्न सकिने, मझौला खालका पूर्वाधारको लागि बैंक तथा वित्तीय संस्थाले लगानी गर्नसक्ने बताए। ठूला पूर्वाधारको लागि बहुक्षेत्रबाट लगानी गर्नुपर्ने बताए।
Shares
प्रतिक्रिया