ad ad

कारोबार


रियलमीको स्मार्टफोन ९आई ५जी नेपाली बजारमा

रियलमीको स्मार्टफोन ९आई ५जी नेपाली बजारमा

नेपालखबर
भदौ २७, २०७९ सोमबार १९:५७, काठमाडौँ

स्मार्टफोन ब्रान्ड रियलमीले ५जी स्मार्टफोन रियलमी ९आई ५जी  लन्च गरेको छ। कम्पनीले यो स्मार्टफोन अहिले सम्मकै सबैभन्दा सुपथ मूल्यको रहेको दाबी गरेको छ।

यो स्मार्टफोनमा २.४जीएचजेडको गतिमा सञ्चालन हुने अक्टा–कोर सीपीयू रहेको छ। यसमा ५जी नेटवर्कको ५जी डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘हामीले जहिले पनि प्रविधि र नयाँँ आविष्कारलाई सँग–सँगै राखी अगाडि बढिरहेका छौँ। हाम्रो मुख्य उद्धेश्य भनेको ५जी लाई धेरै भन्दा धेरै उपभोक्तामा पुर्याउनु हो र यसै सिलसिलामा हामीले ९आई ५जी नेपाली बजारमा ल्याएका छौँ। हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाईनकोे राम्रो अनुभव लिनुहुनेछ। अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलव्ध गराउने हामीले लक्ष्य लिएका छौँ।’

उनले थप भने, ‘५००० एमएएचको शक्तिशाली ब्याट्रि भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ। साथै यो सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरा सहितको ५० एमपिको एआई ट्रिपल क्यामरा रहेको छ। यसको साथै यसमा भएको डाइनामिक र्याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबीसम्म भर्चुअल र्याम थप्न मिल्छ। साथै यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमा फोन तुरुन्तै अनलक गर्छ।’

रियलमी ९आई ५जी भदौ २८ गतेबाट दराज लगायत नेपालभरि रहेका रियलमीका १००० भन्दा बढी स्टोरहरुमा उपलब्ध हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .