ad ad

कारोबार


कुमारी बैंकको दशैँ अफर : क्यास ब्याक र आईफोन १३ जित्ने मौका

कुमारी बैंकको दशैँ अफर : क्यास ब्याक र आईफोन १३ जित्ने मौका

नेपालखबर
असोज ३, २०७९ सोमबार १८:३८, काठमाडौँ

कुमारी बैंकले एफ१सफ्ट प्रालि तथा फोनपेसँगको सहकार्यमा दशैँ, तिहार र छठ अफर ल्याएको छ। 

यसमा क्यासब्याक पाउनेदेखि आईफोन १३ जित्नेसम्मको मौका मिल्ने जनाइएको छ। 

यसअनुसार मोबाइल बैंकिङ टपअपमा असोज ४ देखि कात्तिक १३ सम्म एक भाग्यशाली ग्राहकले कम्तीमा ५ पटकको २ सयसम्मको टप अप गर्दा आईफोन १३ जित्न सक्नेछ। 

त्यस्तै भिसा कार्डका ग्राहकले पहिलोपटकको कारोबारमा न्यूनतम ३० प्रतिशत वा ३ सय रुपैयाँसम्मको क्यासब्याक पाउनेछ। 

मोबाइल बैंकिङका क्युआर प्रयोगकर्ताले असोज १० देखि २३ गतेसम्म र कात्तिक ७ देखि १३ गतेसम्म पहिलो क्युआर कारोबारमा ३० प्रतिशत वा ३ सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन्। 

त्यस्तै सोही मितिमा लागू हुने गरी ग्राहकले कार्ड र मोबाइल बैंकिङ ग्राहकमध्ये एक जनाले क्युआर कारोबारमा विद्युतीय स्कुटर जित्न सक्नेछन्। 

मोबाइल बैंकिङ टपअप क्यासब्याकमा असोज १० देखि कात्तिक १३ सम्म अधिकतम ३० प्रतिशत वा सय रुपैयाँसम्म क्यासब्याक पाउनसक्नेछन्। टेलिकम, एनसेल र स्मार्टसेलमा कुमारी मोबाइल बैंकिङ एपबाट कारोबार गर्दा उक्त क्यासब्याक पाउन सकिनेछ। 

त्यसैगरी मोबाइल बैंकिङ डिजिटल दक्षिणा प्रयोगकर्ताले असोज १९ गते टीकाको साइतमा शतप्रतिशत क्यासब्याक पाउन सक्नेछन्। यस्तो उपहार २० ग्राहकले पाउनसक्नेछन्।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .