ad ad

कारोबार


तीन सन्तानलाई व्यवसाय सुम्पिँदै मुकेश अम्बानी, कुनले के सम्हाल्दै छन्?

तीन सन्तानलाई व्यवसाय सुम्पिँदै मुकेश अम्बानी, कुनले के सम्हाल्दै छन्?

नेपालखबर
असोज ४, २०७९ मंगलबार १४:७, काठमाडौँ

भारतीय चर्चित अर्बपति मुकेश अम्बानीले आफ्ना तीन सन्तानलाई व्यवसाय बाँड्ने भएका छन्। 

२ खर्ब २० अर्ब डलरको व्यवसाय उनले आकाश, ईशा र अनन्तलाई बाँड्ने तयारी गरेका छन्। 

यसमा दुई जना आकाश र ईशा अम्बानीले रिलायन्स इन्डस्ट्रि लिमिटेडको दूरसञ्चार र खुद्रा व्यवसाय क्रमशः सम्हाल्नेछन्। कान्छा छोरा अनन्तलाई भने नवीकरणीय ऊर्जा हेर्ने जिम्मेदारी दिने मुकेशको चाहना छ। 

बीबीसीका अनुसार यो कर्पोरेट इन्डियाको नेतृत्व हस्तान्तरणलाई चासोका साथ हेरिएको छ। रिलायन्स बजार मूल्यका हिसाबले भारतकै सबैभन्दा ठूलो मूल्यवान् कम्पनी हो। 

मुकेशले विवादरहित रहेर व्यवसाय हस्तान्तरण गर्न चाहेका छन्। उनले छोरी ईशालाई दिनलागेको नेतृत्व अम्बानी परिवारको महिलाले अहिलेसम्म पाएकोमध्ये भिन्न हुनेछ। 

बितेको दशकमा भारतीय व्यावसायिक घरानाभित्र महिलाहरुलाई मुख्य जिम्मेवारी कमै मात्र दिइएको छ। 

अम्बानी अहिले ६५ वर्षका छन्। उनी रिलायन्सका प्रमुख र प्रबन्धनिर्देशक छन्। उनले आफ्ना सबै सन्तान समान रहेको बताउँदै सोहीअनुसार व्यवसाय बाँडफाँट गर्ने बताइसकेका छन्। सोहीअनुसार उनकी छोरी ईशाले पाउनलागेको जिम्मेवारीलाई हेरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .