सेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३८.८१ अंकले घटेको हो।
सेन्सिटिभ सूचक पनि ७ अंकले घटेको छ।
आज २ सय ३१ कम्पनीको कारोबार भएको छ। ३० हजार पटकको खरिदबिक्रीमा ३८ लाख कित्ता सेयर बिक्री भएको हो।
यो भनेको १ अर्ब २२ करोडको कारोबार हो। आज १३ वटै उपसूचक राताम्य छन् भने १७८ कम्पनीको सेयर घटेको छ। सातवटाको मात्रै बढ्दा २ वटाको परिवर्तन भएको छैन।
आज स्वाभिमान लघुवित्तका सेयरधनीले ३.९२ प्रतिशत आम्दानी गरेका छन्। यो नै आजको सर्वाधिक आम्दानी दर हो।
लगानीकर्ताले १० प्रतिशतसम्म गुमाउँदा हिमालयन डिस्टिलरीको साढे ५ करोडको कारोबार भएको छ।
18
Shares
प्रतिक्रिया